सोमबार बैतडीका ४८ जनाले कोरोना जिते

बैतडी जेठ ३१ ।बैतडीमा अब कोरोनाका सक्रिय संक्रमित १सय ६८ जना मात्रै रहेका छन् । सोमबार ४८ जना निको भएसंगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको सङख्या १सय ६८ रहेको हो ।

सोमबार जिल्लाका विभिन्न स्थानीयतहमा रहेका ४८ जना कोरोना जितेर स्वस्थ भएका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । यस्तै थप १३ जनामा संक्रमण पुष्टि भएको छ । सुर्नयाका ५ दोगडाकेदार गाउँपालिकामा ३ , पञ्चेश्वर गाउँपालिका , पाटन नगरपालिकाका २÷२ जना र सिगास गाउँपालिकाका १ जना गरि सोमबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्लामा सक्रिय संक्रमित मध्ये सबै भन्दा बढी सुर्नया गाउँपालिकामा ४१ जना, दशरथचन्द नगरपालिकामा ३० जना, मेलौलीमा २५ , डिलाशैनी गाउँपालिकाम १५ , पञ्चेश्वर गाउँपालिकामा १४ जना रहेका छन् । यस्तै दोगडाकेदार गाउँपालिकामा १३ जना पाटन र पुर्चौडीमा ११ ÷११ जना,शिवनाथ गाउँपालिका र सिगासमा ३ ÷३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । बैतडीमा दुई जना अन्य ठाउँका कोरोना संक्रमित रहेका छन् ।

No description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.