बैतडीमा ब्यापारीहरुको कोरोना परीक्षण गरिदै
बैतडी–जेठ ३१/ बैतडीमा ब्यापारीहरुको पनी कोरोना परीक्षण हुन थालेको छ । जिल्लामा स्वरुप परिर्बतन गरी निषेधाज्ञा केही खुकुलो हुने भए पछि ब्यापारीहरुको एन्टीजेन बिधिबाट कोरोना परीक्षण थालिएको हो । मुख्य बजारमा सञ्चालनमा रहेका खाद्यन्न पसल, तरकारी पसल, कपडा पसल तथा निर्माण सामाग्रीका पसल सञ्चालकहरुको कोरोना परीक्षण थालिएको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ । निधेषाज्ञा खुकुलो पारेर पसलहरु खोल्न पाईने निर्णय भए पछि संक्रमण नफैलियोस भने ब्यापारीहरुको कोरोना परिक्षण गर्न लागिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले जानकारी दिनुभएको छ । एन्टीजेन बिधिबाट कोरोना परीक्षणको लागी जिल्लाका सबै स्थानिय तहहरुमा एन्टीजेन किट पठाएको उहाँको भनाई छ ।