अनलाईन कक्षाको लागी रिचार्ज अभाव भए समाजसेवी क्वालिटीलाई सम्झनुहोस

जनक साउँद–बैतडी /

अहिले कोरोना भाईरस कोभिड १९ का कारण विद्यालयहरु बन्द अवस्थामा रहेका छन् । भौतिक रुपमा उपस्थित भई बिद्यालयहरुमा कक्षा सञ्चालन गर्न सकिने अवस्था छैन् । बैकल्पिक माध्यमबाट पढाईलाई निरन्तरता दिन कतिपय बिद्यालयहरुले अहिले अनलाईन कक्षाहरु सञ्चालन गरिरहेका छन् । सञ्चारको राम्रो पहुँच भएका र आर्थिक स्थिति सबल भएका घर परिवारका बिद्यार्थीहरुको लागी अनलाईन कक्षाहरु प्रभावकारी नै भएका छन् । तर आर्थिक अवस्था कमजोर भएका बिद्यार्थीलाई अनलाईन माध्यमबाट पठनपाठन गर्न समस्या भईरहेको छ । सरकारले पनी अनलाईन माध्यमबाट कक्षा सञ्चालन गर्ने त भनेका छ तर सबैको पहुँच पुग्ने गरी बिशेष प्याकेज उपलब्ध गराउन सकेको छैन

आर्थिक अभाबका कारण कतिपय बिद्यार्थीहरु अनलाईनको माध्यमबाट हुने पठनपाठनबाट बञ्चित भएका छन् ।

के तपाई पनी आर्थिक अभावकै कारण अनलाईनको माध्यमबाट सञ्चालन हुने पठनपाठनबाट वञ्चित हुनु भएको छ ?
अब चिन्ता नगर्नुहोस ।
अब तपाईको रिचार्जको समस्याको समाधान बैतडीका युवा समाजसेवी भोज राज जोशी क्वालिटीले गर्नुहुनेछ । पब्लिक पावरका केन्द्रि अध्यक्ष समेत रहेका क्वालिटीले समाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उक्त कुराको जानकारी गराउनुभएको छ । बैतडी तथा दार्चुला लगायतका पहाडी जिल्लाका बिद्यार्थीहरुको लागी आफुले रिचार्ज उपलब्ध गराउने उहाँले बताउनुभएको छ । उनले एक हप्ता भित्रमा २० हजार देखि ३० हजार बराबरको रिचार्ज कार्ड बितरण गर्ने योजना बनाएका छन् । आवश्यकता आधारमा रकम थप्ने जोशीको भनाई छ । कोही पनी बिद्यार्थीहरु रिचार्ज अभावकै कारण अनलाईन कक्षा लिनबाट वञ्चित नहोउन भन्ने हेतुले आफुले यस्तो योजना बनाएको अभियान्ता क्वालिटीले बताए ।
रिचार्जको लागी उनको मोबाईल नम्बर ९८६४४८६९५९ मा सम्र्पक गर्न सकिने छ ।

No description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.