स्वरुप परिवर्तन गर्दै बैतडीमा जारी निषेधाज्ञा लम्बाउने निर्णय

बैतडी जेठ ३० । बैतडीमा जारी निषेधाज्ञा लम्बाउने निर्णय गरिएको छ । आईतबार बसेको जिल्ला कोभिड ब्यबस्थापन समिति (डिसिसिएमसी) को बैठकले स्वरुप परिवर्तन गर्दै केही खुकुलो पारी जारी निषेधाज्ञा लम्बाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

नयाँ भेरियन्ट सहित फैलिएको कोरोना संक्रमणका कारण जिल्लामा गत बैशाख २० गतेदेखि निषेधाज्ञा गरिएकोमा सोमबार राति १२ बजेसम्मको लागी तेसा्रे चरणको निषेधाज्ञा जारी छ । निषेधाज्ञाका कारण कोरोना संक्रमण कम भए पनि अहिले पनी गरिएका परीक्षणहरुमा संक्रमण पुष्टि भईरहेकोले २ हप्ता निषेधाज्ञा थप गर्दै असार १५ गतेसम्म जारी राख्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकिय अधिकृत खगेन्द्र भारतीले जानकारी दिनुभएको छ ।

अहिले जिल्लाका बैंकहरु बिहान २ घण्टा मात्रै खुल्ने गरेकोमा अब दिउँसो १ बजे सम्म खोल्न पाइनेछ । यस्तै खाद्यन्नका तथा निर्माण सामाग्रीका पसलहरु पनी बिहान ७ देखि १२ बजे सम्म खुला गर्न पाईने र विकास निर्माणका कामहरु सम्बन्धित आयोजना प्रमुखको सिफारिशमा सञ्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालय बैतडीले जानकारी दिएको छ । यस्तै सार्बजनिक यातायात तथा होटेल रेष्टुरेन्ट तथा अन्य पसलहरु बन्द रहने छन् । बैतडीमा अहिले कोरोनाका सक्रिय संक्रमित २ सय ३ जना रहेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.