पाटन पञ्चेश्वर सडकमा काम गर्ने मजदुरहरुलाइ ज्याला दिइनुपर्छः सांसद भट्ट
बैतडी जेठ २९ । साँसद प्रेम प्रकाश भट्ट (आदित्य) ले बैतडीको पाटन पञ्चेश्वर सडकमा काम गर्ने मजदुरहरुलाइ ज्याला दिन माग गरेका छन् । शनिबार सुदूरपश्चिम प्रदेश सभाको ८ औंं अधिवेसनकाे १० औँ बैठककको विशेष समयमा बोल्दै बैतडीको क्षेत्र नं क बाट निर्वाचित प्रदेश सभा सदस्य भट्टले मजदुरहरुको ज्याला दिइनु पर्ने धारणा राखेका हुन् ।
पाटन पञ्चेश्वर सडकमा काम गर्ने मजदुरहरुले २ वर्षसम्मको ज्याला नपाएकाले ज्याला दिइनुपर्ने भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् । उहाँले बैतडीको पाटन पञ्चेश्वर सडकमा भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा हुँदादेखि १२÷१३ जना मजदुर कार्यरत रहेका भएपनि उनिहरुलाई ज्याला नमिलेको र आश्वासन मात्रै मिल्ने गरेकाले अब ज्याल दिनुपर्ने धारणा राखेका हुन् ।
बैठकको विशेष समयमा बोल्दै उनले भने, “बैतडीको पाटन पञ्चेश्वर सडकमा भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा हुँदादेखि १२÷१३ जना मजदुर कार्यरत छन्। तिमीहरु काम गर्दै गर, हामी पैसा दिदै गछौंं भनेका रहेछन्। तर अझै दिइएको छैन। उहाँहरुको ज्याला दिइनुपर्छ।”
जिल्लाको पाटन पञ्चेश्वर सडकमा काम गर्ने मजदुरहरुले २ वर्षसम्मको ज्याला पाएका छैनन । ज्याला नपाँउदा मजदुरहरु समस्यामा छन् ।