गंगा श्री फाउण्डेसनले बाँड्यो पाटन ८ का विपन्न परिवारलाई राहत

बैतडी जेठ २९ ।कोरोना माहामारीका कारण समस्यामा परेका बैतडीका विपन्न नागरिकहरुलाई गंगा श्री फाउण्डेसन नेपालले राहत वितरण गरेको छ । कोरोना भाईरसका कारण समस्यामा परेका पाटन नगरपालिका भित्रका विपन्न नागरिकहरुलाई राहत स्वरुप चामल वितरण गरिएको गंगा श्री फाउण्डेसनका उपाध्यक्ष दशरथ सिहँ बोहराले जानकारी दिनुभयो ।

यसअघि पाटन ४ का ६५ विपन्न परिवारलाइ २५ केजीका दरले चामल वितरण गरिएकोमा शनिबार पाटन ८का २५ परिवारलाई २० केजीकादरले राहतस्वरुप चामल वितरण गरिएको उहाँले बताउनुभयो । कोरोनाका कारण छाक टार्न मुस्किल भएका परिवारले राहत पाएपछि खुसी भएका छन् । यस्तै गंगा श्री फाउण्डेसनले केहि दिनमै स्वास्थ्य सुरक्षाका समाग्री वितरण गर्ने पनि जनाएको छ ।

पाटन नगरपालिका भित्र कोरोना संक्रमण फैलिनबाट जोगाउने स्वास्थ्य सुरक्षाका समाग्री वितरण गर्ने कार्यक्रम रहेको गंगा श्री फाउण्डेसनका उपाध्यक्ष बोहराले बताउनुभयो ।

यो फाउण्डेशन बैतडी जिल्ला पाटन नगरपालिका  ८ आरुबाटा निवासि पूर्व शिक्षक तथा जनता मा बि पाटन ८ आरुबाटाका  पूर्व  अधक्ष्य स्वर्गिय गङ्गा सिँहको स्मृतिमा २०७६ सालमा स्थापना गरिएकाे थियाे ।  बैतडी लगायत विभिन्न स्थानमा स्वास्थ्य शिक्षा सञ्चार लगायत विविध क्षेत्रमा सेवा गर्ने उद्देश्यले  फाउण्डेशन स्थापना गरिएकाे र साेही अनुरूप अहिले सेवा दिइरहेका फाउण्डेशनका उपाध्यक्ष बाेहराकाे  भनाइ  छ ।

No photo description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.