शुक्रबार बैतडीका ३१ जनाले कोरोना जिते
बैतडी जेठ २८ । बैतडीका ३१ जनाले कोरोना जितेका छन् । शुक्रबार थप ३१जना कोरोना जितेर संक्रमणमुक्त भएका हुन् ।
यस्तै थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्नया गाउँपालिकाका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थय कार्यालय बैतडीले जनाएको छ। यो संगै बैतडीमा कोरोना सक्रिय संक्रमितको सङख्या २ सय ३४ रहेको छ ।
सबै भन्दा बढी पाटन नगरपालिकामा ४५ जना , सुर्नया गाउँपालिकामा ४३ जनाा , डिलाशैनी गाउँपालिकामा ४० जना, दशरथचन्द र मेलौलीमा समान ३१÷३१ जना कोरोनाका सक्रिय संक्रिय संक्रमित रहेका छन् ।
यस्तै पञ्चेश्वर गाउँपालिकार पुर्चौडी नगरपालिकामा समान १२ ÷१२ जना, दोगडाकेदार गाउँपालिकामा ११, सिगासमा ५ जना र शिवनाथ गाउँपालिकामा २ जना कोरोनाका सक्रिय संक्रमित रहेका हुन् । यस्तै अन्य जिल्लाका बैतडीमा २ जना कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।