बैतडीमा कोरोना विरुद्धको भेरोसेल खोप लगाउन शुरु

बैतडी–जेठ २८/ बैतडीमा पनि कोरोना भाईरस कोभिड १९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउन शुरु गरिएको छ । ६२ बर्ष देखि ६४ बर्ष उमेर समुहका नागरिकहरुलाई शुक्रबारबाट पहिलो मात्राको खोप लगाउन शुरु गरिएको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ । प्रत्येक वडाका स्वास्थ्य संस्थाहरुबाट खोप लगाउन शुरु गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले जानकारी दिनुभएको छ ।

   आज पहिलो दिन जिल्लाको दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकाका ६२ बर्ष देखि ६४ बर्ष उमेर समुहका नागरिकहरुलाई भेरोसेल खोपको पहिलो मात्रा दिईदै छ । आईतबार मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिकहरुलाई खोप लगाईने छ । यस्तै असार १ गते पाटन नगरपालिका, पुर्चौडी नगरपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकाका नागरिकहरुलाई भेरोसेल खोपको पहिलो मात्रा लगाईने छ ।

    भेरोसेल खोपको पहिलो मात्राका लागी जिल्लामा ४ हजार २ सय ३८ खोप प्राप्त भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । लक्षित समुहका नागरिकहरुलाई खोप केन्द्रमा आउँदा मास्क तथा स्यानीटाईजरको प्रयोग र भौतिक दुरी कायम लगायतका स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गर्न आग्रह गरिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.