बिहीबार बैतडीका ३७ जनाले कोरोना जिते

बैतडी जेठ २७ । बिहीबार बैतडीका ३७ जनाले कोरोना जितेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका संक्रमित मध्ये ३७ जना बिहीबार कोरोना जितेर स्वस्थ भएका हुन् ।

यस्तै जिल्लामा थप २२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बैतडीका अनुसार बिहीबार सुर्नया गाउँपालिकाका १४, दशरथचन्द नगरपालिकाका ४, दोगडाकेदार गाउँपालिकाका २, पुर्चौंडी नगरपालिका र पाटन नगरपालिकाका थप एक ÷एक जनामा कोरोना पुष्टि भएको हो । जिल्लामा अहिले दुइ सय ६४ जना सक्रिय संक्रमित रहेका छन् ।पिसीआर परीक्षण बाट ३ जना र एन्टीजेन बाट १९ गरि बिहीबार २२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ।

सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी पाटन नगरपालिकामा ४५ जना, सुर्नया गाउँपालिकामा ४४ जना, डिलाशैनी गाउँपालिकामा ४० जना, मेलौली नगरपालिकामा ३१ जना, दशरथचन्द नगरपालिकामा ३१ जना रहेका छन् ।

यस्तै पञ्चेश्वर गाउँपालिकामा २४ जना, सिगास गाउँपालिकामा २२ जना, पुर्चौंडी नगरपालिकामा १२ जना, दोगडाकेदार गाउँपालिकामा ११ जना र शिवनाथ गाउँपालिकामा २ जना सक्रिय कोरोनाका संक्रमित रहेका छन् । यस्तै बैतडीमा कोरोनाका २ जना सक्रिय संक्रमित अन्य ठाउँका रहेका रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

No description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.