बैतडी : पञ्चेश्वरको बस्खेत गाउँमा बाढीको वितण्डा, दर्जन बढी घर जोखीममा

बैतडी–जेठ २७/ बैतडीको पञ्चेश्वर गाउँपालिकाको एक बस्तीका नागरिकहरुको घरमा बाढीले क्षति पु¥याएको छ । गाउँपालिकाको वडा नं ६ को रोडिदेवल स्थित अड्तोला र बस्खेत  गाउँमा बाढी पहिरोले स्थानीयहरुका घरहरुमा क्षति पु¥याएको हो । गए राती परेको पानी संगै बस्खेत खोलामा आएको बाढीले बस्तीमा ठुलो क्षति पु¥याएको स्थानीय अनिल भण्डारीले जानकारी दिनुभयो ।

May be an image of outdoors

 

बाढीले स्थानीयका भन्साघर, खेत ,शौचालय र घरका आँगन बगाएको उहाँले बताउनुभयो । उहाँका अनुसार शेर सिँह भण्डारीको गोठमा पानी भरिएर जोखीममा रहेको छ । यस्तै सुन्दर  सिह भण्डारीको घरको आगन ,मनोज कुमार लुहारको भान्सा घर, हरिराम लुहारको  शौचालय , भुपेन्द्र सिँह भण्डारीको तरकारी लगाएको खेत, कृष्ण सिँह भण्डारकिो  निर्माणाधिन घरका लागि राखिएको काठ बगाएको छ । यस्तै गाउँकै मन्दिरको  शौचालय पनि बगाएको बताइएको छ ।

May be an image of outdoors and tree

 

बस्ती माथिको सकडबाट डोजरले खनेको माटो खोलामा बगेर बस्तीमा आउँदा घरहरुमा क्षति भएको स्थानीयहरुले बताएका छन् । गए रातीको जस्तै फेरी बर्षा भए बाढी पहिरोले पुरै गाउँ सोत्तर बन्ने चिन्ता स्थानीयहरुमा छ । बाढीका कारण अड्तोला बस्खेत गाउँमा एक दर्न बढी घर उच्च जोखिममा रहेका बताइएको छ । बस्खेत गाउँमा  मात्रै १५ घर बाढी पहिरोका उच्च जोखीममा रहेका स्थानिय भण्डारीले बताउनुभयो । बर्षाका कारण आएको बाढी पहिरोले मानविय  क्षति भने नभएको जिल्ला प्रहरी  कार्यालय  बैतडीले  जनाएको  छ । बाढी पहिरोका कारण गाउँ नै त्रसित बनेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.