बैतडी : डिलाशैनीमा नेपाली कांग्रेसले गाउँपालिकाका सबै कार्यमा पैरवी गर्ने

आशिष माल–बैतडी–जेठ २६/ नेपाली कांग्रेस डिलाशैनी गाउँपालिका ७ नं समितिले गाउँपालिकाले गरिराखेका सबै कार्यहरुमा पैरवी गर्ने निर्णय गरेको छ । यहि जेठ २४ गते नेपाली काँगे्रसका वडा नं ७ सभापति प्रमान्नद जोशीको सभापतित्वमा बसेको बैठकले गाउँपालिका सरकारले गरेको विकासको नाममा अनियमितता , भ्रष्टाचारका विरुद्धमा सशक्तरुपले आवाज उठाउने निर्णय गरेको हो । नेपाली काँग्रेस बैतडीका जिल्ला समिति सदस्य जयराज जोशीको प्रमुख आतिथ्यमा बसेको बैठकले सो निर्णयहरु गरेको हो । यस्तै सरकारले विकासको नाममा गरिाखेका अनियमितता, भष्ट्राचारका विरुद्ध सशक्त रुपमा अगाडि बढ्दै वडा एबम् गाउँपालिकामा भइरहेको योजनाको अनुगमन गरि आम नागरिकले बुझने गरेर नागरिकको बीचमा लैजाने निर्णय समेत गरेको छ ।

    संघिय सरकारको बजेटबाट निर्माण भइरहको १० शैया अस्पताल निर्मााण्का लागि उपयुक्त स्थानको लागि पहल गर्ने निर्णय भएको छ । डिलासैनी गाउँपालिका ७ नम्बर वडामा नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत १० शैयाको अस्पताल निर्माणको लागि टेण्डर भइसकेको छ । अस्पताल निर्माणको लागि निर्माणस्थल सोही वडाको ‘वनल्वा’ भन्ने ठाउँमा भएको टेण्डर उपयुक्त स्थानमा नभएको भन्दै सबैको पाइक पर्र्ने स्थानमा अस्पताल निर्मााण्का लागि संघर्ष गर्ने जनाएको छ । गाउँपालिकाको पायक पर्ने उपयुक्त स्थानमा अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढाउन सबै तहका सरकारसँग आग्रह गर्ने निर्णय गरिएको छ । त्यस्तै गाउँपालिका भित्र रहेका योजनाहरुको अनुगमन र भ्रष्टाचार न्युनीकरण एवं दिगो विकासको लागि ७ नम्बर वडामा केशवदत्त जोशी संयोजक रहने गरी पाँच सदस्य कार्यसमिति बनाएको छ ।

     सरकारले गरिरहेको विकासको नाममा अनियमितता, भष्ट्राचारका विरुद्ध सशक्त रुपमा अगाडि बढ्दै वडा एबम् गाउँपालिकामा भइरहेको विभिन्न योजनाको अनुगमनका साथै आम नागरिकले बुझ्ने गरेर नागरिकको बीचमा लाग्न कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निभाउन जिल्ला सदस्य जोशीले आम युवा तथा कार्यकर्तालाई आग्रह गरेका छन् । साथै डिलासैनी गाउँपालिका भित्र कोरोना महामारीले प्रभावित नागरिकहरूको सत्यतथ्य विवरण संकलन गरेर सहयोगको लागि सरकारसँग पहल गर्ने कुरामा समेत जोशीले प्रतिबद्धता जनाएका छन् ।

     यस्तै डिलाशैनी स्वास्थ चौकी रहेको स्थानमा स्थानीय सरकारले अस्पताल निर्माणको लागि जग्गा दाता हरुबाट आवस्यक पर्ने जग्गा समेत स्वास्थ चौकीको नाममा दर्ता गराइ अस्पताल को लागि माटो परिक्षण गर्नको लागि माटो समेत पठाएको र परिक्षाण को रिपोर्ट जनता लाई नदृेखाएको आरोप लगोको छ । एकलौटी ढंगले छल कपट गरेर अर्को स्थानमा प्रक्रिया नपुगाइ टेन्डर आवान गरेको हँुदा यसको सत्य तथ्य छानबिनका लागि सम्बन्धित निकायलाई अपिल गरिएको छ

सम्बन्धित

Leave A Reply

Your email address will not be published.