बैतडीः बुधबार ३० जनाले कोरोना जिते , थप १९ जनामा संक्रमण
बैतडी जेठ २६ । बुधबार बैतडीका ३० जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय बैतडीका अनुसार जिल्लाका विभिन्न स्थानीयतहका गरि थप ३० जना कोरोना संक्रमण मुक्त भएका हुन् ।
यस्तै थप १९ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाको सर्नुया गाउँपालिकाका १५ जना, मेलौली नगरपालिकाका ३ जना र शिवनाथ गाउँपालिकाका १ जना गरि थप १९ जनामा कोरोना पुष्टि भएको हो ।बुधबार थप ३० जना निको भएसंगै सक्रिय संक्रमितको सँख्या २ सय ७९ रहेको छ।
सबैभन्दा बढी कोरोनाका सक्रिय संक्रमित दशरथचन्द नगरपालिकामा ६१ जना रहेका छन् । पाटन नगरपालिकामा ४७ जना, डिलाशैनी गाउँपालिकामा ४० जना, सुर्नया गाउँपालिकामा ३० जना, मेलौली नगरपालिकामा ३१ जना, पञ्चेश्वर गाउँपालिकामा २४ , सिगासमा २२ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै पुर्चौडी नगरपालिकामा ११ , दोगडाकेदार गाउँपालिकामा ९ र शिवनाथ गाउँपालिकामा २ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । यस्तै जिल्लामा बाहिर जिल्लाका २ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।