बैतडीमा भर्चुअल माध्यमबाट सीप बिकास तालिम सम्पन्न
बैतडी–जेठ २६/ बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ८ स्थित पुष्पाञ्जली सामुदायीक बिकास तथा उत्थान समाजले भर्चुअल माध्यमबाट बिभिन्न सीप बिकास तथा सचेतना सम्बन्धी तीन दिने तालिम सम्पन्न गरेको छ । दोगडाकेदार गाउँपालिकाको सहयोगमा वडा भित्रका पाँच टोलबाट ५÷५ जना बालबालिका समेटिने गरी तालिम सञ्चालन गरिएको थियो । नेतृत्व सीप विकास सम्बन्धी तालिम संस्थाकै अध्यक्ष गणेश पार्कीले दिनुभएको थियो । कोरोना भाईरसको महामारीका कारण विद्यालय बन्द रहेको अवस्थामा समय व्यवस्थापन र व्यक्तित्व विकासका लागि आवश्यक पर्ने गुण सम्बन्धी उनीहरुलाई तालिम प्रदान गरिएको हो । लकडाउनको समयमा पठनपाठनमा निरन्तरता दिन सकुन र कोरोनाका कारण शैक्षिक क्षति नहोस् भनेर तालिमको आयोजना गरिएको उत्थान समाजका अध्यक्ष पार्कीले जानकारी दिनुभएको छ । यस्तै तालिमका सहभागीहरुलाई बिज्ञ प्रशिक्षकहरुबात सुचना तथा प्रबिधिको सदुपयोग सम्बन्धी र तरकारी खेती सम्बन्धी पनी तालिम दिईएको छ । बढ्दो सूचना तथा सञ्चारको दुरुपयोगका कारण बालबालिका माथि अनेक किसिमका समस्या आउने गरेकोले यसको सदुपयोग र महत्व बारे तालिममा प्रशिक्षण दिईएको हो । यसै गरी फुर्सदको समयलाई सदुपयोग गरी श्रृजनशिल होउन् भन्ने उदेश्यले तरकारी खेती सम्बन्धी तालिम दिईएको हो । केही दिन अगाडी मात्रै भर्चुअल माध्यमद्धारा सम्पन्न गरिएको हाजिरि जवाफ तथा बक्तित्व कला प्रतियोगिताका बिजेताहरुलाई समेत पुरस्कार वितरण गरिएको छ । २०७७ सालमा स्थापना भएको पुष्पाञ्जली सामुदायीक बिकास तथा उत्थान समाज बैतडीले शैक्षिक, भौतिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा बिभिन्न कार्यहरु गर्दै आएको छ ।