मंगलबार बैतडीका ३६ जनाले कोरोना जिते

२५ जनामा सक्रमण पुष्टि

बैतडी जेठ २५। मंगलबार बैतडीका  ३६ जनाले कोरोना जितेका छन् । स्वास्थ्य कार्यलय बैतडीका अनुसार मंगलबार ३६ जना कोरोना जितेर निको भएका हुन् ।

यस्तै थप २५ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाको मेलौली नगरपालिकाका ११ जना , पाटन नगरपालिकाका ६ जना, दशरथचन्द नगरपालिकाका ३ जना, सुर्नया गाउँपापालिका र दोगडाकेदार गाउँपालिकाका २÷२ जना र पञ्चेश्वर गाउँपालिकाका १ जना गरेर मंगलबार थप २५ जनामा कोरोना पुष्टि भएको हो ।

मंगलबार ३६ जनाले कोरोना जितेसंगै जिल्लामा सक्रिय कोरोनाका संक्रमितको सङख्या २ सय ९० रहेको छ ।सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकमा ८१ जना , पाटन नगरपालिकामा ५७ जना , डिलाशैनी गाउँपालिकामा ४० जना, मेलौली नगरपालिकामा २८ जना कोरोना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै शिवनाथ गाउँपालिकमा १ जना, सुर्नया गाउँपालिकामा २५ जना, पञ्चेश्वर गाउँपालिकमा २४ जना, सिगास गाउँपालिकामा २२ पुर्चौडी नगरपालिकाका ११ र दोगडाकेदार गाउँपालिकाका ९ जना कोरोना सक्रिय संक्रमित रहेक हुन् । बैतडीमा अन्य ठाउँका दुइजना सक्रिय कोरोनाका संक्रमित रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । No description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.