बैतडीका देउडा गायक साउँदको निधन

बैतडी जेठ २४ ।बैतडीका देउडा गायक उमेश साउँदको निधन भएको छ । शिवनाथ गाउँपालिका वडा २ शर्माली पाैखर घर भएका उनको २७ बर्षको उमेरमा निधन भएको हो ।

गायक साउँदमा १ महिना पहिले कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोनाबाट निकोभएका उनको फोक्सोमा समस्या आएपछि लखनौ गएका थिए । उपचारका क्रममा लखनौमै उनको  निधन भएको कलाकार भोजराज जोशी क्वालिटीले बताउनुभयो ।

फोक्सोका बिरामी रहेका उनको शुरुमा धनगढीको नवजीवन अस्पतालमा उपचार गरिएको र अवस्था सुधार नभए पछि थप उपचारका लागी लखनौ लगिएकोमा सोमबार उनको उपचारकै क्रममा लखनौमै निधन भएको उहाँले बताउनुभयो ।

गीत संगीका पारखी साउँदले आधा दर्जन जती देउडागीत गाएका छन् भने डोटेली हास्य श्रृृखंलाहरुमा पनी उनले अभिनय गरेका छन् । साउँदको उपचारको लागी आर्थिक अभियान समेत सञ्चालन गरिएको थियो

। बिभिन्न प्रयासका बाबजुत पनी उनलाई बचाउन नसकिएको अभियान्ता तथा कलाकार क्वालीटीको भनाई छ । संगीत क्षेत्रका उदाउदा तारा साउँद अस्ताउदा उनका सहपाठीहरुले दुख ब्यक्त गरेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.