बैतडीमा थप ८ जनामा कोरोना पुष्टि, ७ जना निको भए
बैतडी जेठ २४ ।बैतडीमा थप ८ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ । सोमबार थप ८ जनामा कोरोना सक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बेतडीले जनाएको छ ।
सोमबार कोरोना संक्रमण पुष्टि हुनेमा सुर्नया गाउँपालिकाका २ , पाटन नगरपालिकाका , पुर्चौडी नगरपालिका दशरथचन्द नगरपालिका ,मेलाैली नगरपालिका र दोगडाकेदार गाउँपालिकाका १÷१ जना र रुकुमका १ जना रहेका छन् । यस्तै ७ जना कोरोना संक्रमित निको भएका छन् ।
बैतडीका विभिन्न स्थानीयतहका ७ जना सोमबार कोरोना जितेर निको भएका हुन् । सोमबार ८ जना थपिएसंगै जिल्लामा सक्रिय कोरोनाका संक्रमितको सङख्या ३ सय १ रहेको छ । सक्रिय संक्रमित मध्ये २ सय ९९ बैतडीका छन भने २ जना अन्य ठाउँका रहेका छन् ।
सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा ७८ जना, पाटन नगरपालिकामा ५४ जना , डिलाशैनीमा गाउँपालिकामा ४०, मेलौली नगपालिकामा २५ ,पञ्चेश्वर र सुर्नया गाउँपालिकामा समान२३÷२३ जना रहेका छन् । यस्तै सिगास गाउँपालिकामा २२ जना , शिवनाथ गाउँपालिकामा १६ जना पुर्चौडी नगरपालिकाका ११ जना र दोगडाकेदार गाउँपालिकामा ७ जना कोरोना सक्रिय संक्रमित रहेका हुन् ।