बैतडीको लामालेक–बलाराघाट सडकखण्ड निर्माणको काम शुरु 

जनक साउद- बैतडी जेठ २४ ।बैतडीको लामालेक–बलाराघाट सडकखण्ड निर्माणको काम शुरु गरिएको छ । मेलौली नगरपालिका वडा नम्बर ६ लामालेकदेखि पञ्चेश्वर गाउँपालिकासगं जोड्ने उदेश्यले निर्माणको काम शुरु भएको हो ।

केन्द्र सरकारले बिं.सं. २०६६ सालमा नै ब्यापारीक दुष्टिकोणले निर्माणको कार्य शुरु गरेकोमा उक्त सडकखण्डले बजेट अभाव र  बिभिन्न ठाउँमा भएको बिबाद लगायतका कारणले पुर्णता पाएको थिएन् । उति बेला लामालेक बलाराघाट हुँदै झुलाघाट सम्म जोड्ने उदेश्य रहेको भए पनि सडक निर्माणले निरन्तरता पाउन नसकेकोमा केही दिन अगाडी वडा कार्यालयमा सर्बदलीय, सर्बपक्षिय बैठक डाकेर बिबाद समाधान गरिएको मेलौली नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष बलभद्र दयालले जानकारी दिनुभयो ।

अहिले उक्त सडकखण्ड प्रदेश मातहत गएर सुदुरपश्चिम प्रदेश सरकारले ५३ लाख बजेट बिनियोजन गरेपछि निर्माणको कार्य शुरु गरिएको उहाँले बताउनुभयो । अहिले लामालेकदेखि हरिनासम्म झण्डै १० किलो मिटर सडक निर्माण भईसकेको छ । तिब्र गतिमा सडक बिस्तार भईरहेकाले चालु आर्थिक बर्षमा मेलौली नगरपालिकाको वडा नम्बर ५ र अगामी आर्थिक बर्षमा वडा नम्बर ७ को तोल्या र वडा नम्बर ४ को तिताबै जोड्ने बताईएको छ

यस्तै सडकले निरन्तरता पाउँदै गएमा पञ्चेश्वर गाउँपालिकाका शाखा सडकहरुसगं यो सडकखण्ड जोड्ने उदेश्य रहेको छ । सडक निर्माणलले निरन्तरता पाए पछि स्थानियहरमा खुसी छाएको छ । द्रुत मार्गका रुपमा समेत हेरिएको लामालेक–बलाराघाट सडकखण्ड निर्माण पश्चात यहाँका नागरिकहरुलाई डडेल्धुरा तथा तराईका जिल्लाहरु आवत जावत गर्न समेत सहज हुने अपेक्षा गरिएको छ । 

सम्बन्धित

Leave A Reply

Your email address will not be published.