बैतडीमा उपप्रधानमन्त्री महतोको पुत्ला दहन

बैतडी जेठ २३ ।बैतडीमा उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरिएको छ । केहीदिन पहिले मात्रै सरकारमा गएका महतोले संविधान विरोधी , राष्ट्रको अहित हुने अभिव्यक्ति दिएको भन्दै युवाहरुको समूहद्वारा बैतडीमा आइतबार पुत्ला दहन गरिएको हो ।

जिल्लाका राष्ट्र प्रेमि युवाहरुले महतोेले बुहल राष्ट्रिय राज्य स्थापना गर्ने जस्ता राष्ट्र घाति अभिव्यक्ति दिएको विरोधमा पुत्ला दहन गरेको बताएका छन् । नेचुरल अर्गनाइजेसन र पताल भुमेश्वर युवा जागरण मञ्च सङ्गै स्थानीय युवा हरुले पुत्ला दहन गरेका हुन् ।

सरकारमा गइसकेपछि उपप्रधान तथा शहरी विकासमन्त्री महतोले दिइराखेका अभिव्यक्ति राष्ट्रको अहित हुनेखालको भएको भन्दै युवाहरुले आइतबार सुर्नया गाउँपालिका २ स्थित सिउडे बजारमा विरोध प्रर्दशन गर्दै पुत्ला दहन गरेका हुन्।

उपप्रधानमन्त्री महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने अभिव्यक्ति दिएकाले पुत्ला दहन गरिएको पुत्ला दहन कार्यक्रममा सहभागि एक युवाले बताउनुभयो । आइतबार पुत्लादहनका क्रममा युवाहरुले राजेन्द्र महतो मुर्दाबाद भन्दै चर्काे नाराबाजि गर्दै प्रदर्शन गरेका थिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.