कोरोनाबाट बैतडीका थप एकजनाको मृत्यु

बैतडी जेठ २३ । कोरोनाबाट बैतडीका थप एकजनाको मृत्यु भएको छ । डडेल्धुरा अस्पतालमा उपचाररत बैतडीको दशरथचन्द नगरपालिका ४ का ८५ बर्षीया वृद्धाको मृत्यु भएको हो ।

यही जेठ २० गते जिल्ला अस्पताल बैतडीबाट रेफर गरिएका ती वृद्धाको शनिबार मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए  । उनमा जेठ २० गते नै कोरोना पुष्टि भएको थियो ।

यो संगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.