बैतडीका थप ३१जनामा कोरोना पुष्टि , २५ जना संक्रमणमुक्त

बैतडी जेठ -२३। बैतडीका थप ३१ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानीयतहका गरि आइतबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय बैतडीका अनुसार पाटन नगरपालिकाका १७ जना, दशरथचन्द नगरपालिकाका ५ जना , पुर्चौडी नगरपालिकाका ४ जना मैलौली नगरपालिकाका ३ जना र दोगडाकेदार गाउँपालिकाका २ जना गरि थप ३१ जनामा कोरोना पुष्टि भएकाे हो । यस्तै २५ जनाले कोरोना जितेका छन् ।

आइतबार ३१ जनामा कोरोना पुष्टि भएसंगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको सङख्या ३ सय पुगेको छ । सक्रिय संक्रमित मध्ये सबै भन्दा बढी दशरथचन्द नगपालिकामा ७७ , पाटन नगपालिकामा ५३ , डिलाशैनी गाउँपालिकामा ४० जना , सुर्नया गाउँपालिकामा २८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यस्तै मेलौली नगरपालिकामा २४ , पञ्चेश्वर गाउँपालिकामा २३, सिगासमा २२, शिवनाथमा १६, पुर्चौडी नगरपालिकामा १० र दोगडाकेदार गाउँपालिकामा ६ जना सक्रिय कोरोनाका संक्रमित रहेका हुन् । यस्तै बैतडीमा १ जना कोरोनाका सक्रिय संक्रमित अन्य ठाउँका रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

No description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.