यार्सा संकलन गर्न गएका बेला हिउँमा चिप्लीएर मृत्यु

बैतडी–जेठ २३ / दार्चुलामा हिउँमा चिप्लीएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टी मल्लामट्टे घर भएका २० बर्षिय महेश धामी रहेका छन् । यार्सा संकलनका लागी गएका उनको अपि हिमाल गाउँपालिका १ बेली भन्ने स्थानमा हिउँमा चिप्लीएर मृत्यु भएको हो । चिप्लीएर करिब ५ सय मिटर तल खसेका उनको घटनास्थलमै मृत्यु भएको उनीसंगै रहेका धौल सिह ठगुन्नाले जानकारी दिनुभयो । यार्सा संकलनकै क्रममा दार्चुलामा प्रत्यके बर्ष नागरिकहरुले मृत्युवरण गर्ने गरेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.