शनिबार बैतडीका थप २१ जनामा कोरोना पुष्टि, १६ जना संक्रमणमुक्त
बैतडी जेठ २२।बैतडीका थप २१ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाको विभिन्न स्थानीय तहका गरि शनिबार थप २१ जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय बैतडीका अनुसार डिलाशैनी गाउँपालिकाका १४, दशरथचन्द नगरपालिकाका ४ जना , मैलाली , पुर्चौडी र सुर्नया गाउँपालिकाका १÷१ जना गरि थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै शनिबार १६ जना कोरोना संक्रमणमुक्त भएका छन् । बैतडीमा शनिबार १६ जना कोरोना संक्रमण मुक्त भएर स्वस्थ भएका हुन् । शनिबार थप२१ जनामा काेराेना देखिए संगै बैतडीमा सक्रिय कोरोना संक्रमितको सङख्या २ सय ९५ रहेको छ । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा ७८ , शिवनाथ गाउँपालिकामा १६ , पञ्चेश्वरमा २३, दोगडाकेदारमा ४ , सिगासमा २२, पाटन नगरपालिकामा ५५ , डिलाशैनीमा ४० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
यस्तै मेलौली नगरपालिकामा २१ , सुर्नया गाउँपालिकामा २८ र पुर्चौडी नगरपालिकामा ७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । यस्तै अन्य ठाउँका बैतडीमा १ जना कोरोनाका सक्रिय संक्रमित रहेका बताइएको छ ।