एकान्तमा काेरीएका मनका बेदनाहरू
भेटेर म सित गरेका ति बात बिर्सेर गयौ, संगै बसेर बिताएका ति रात बिर्सेर गयौ ।।
मुक्तक
१
तिम्रै हुन्छु जुनी जुनी पर्खी बस्नु भन्यौ ।
मेरै बनाउछु तिमीलाई पर्खी बस्नु भन्यौ ।।
सोझो मान्छे म तिमीलाई नै भनी बसिराथे ।
बुबा आमा कडा छन मेरो मायामा नफस्नु भन्याै।।
२
काम गर्छु रात दिन पाल्न सक्छुनी काली ।
अक्षर र आवाज बेचेर पाल्न सक्छुनी काली ।।
काम नै मेरो लेख्ने र बोल्ने एस्तैछ जिन्दगानी ।
कलम र आवाजको खेतीले पाल्न सक्छुनी काली ।।
३
भेटेर म सित गरेका ति बात बिर्सेर गयौ ।
संगै बसेर बिताएका ति रात बिर्सेर गयौ ।।
हुन्त म गरिबले दिन सकेनहोला चोखो माया ।
पायौ होला धनी मान्छे मैले गरेका ति बात बिर्सेर गयौ ।।
आशिष माल
रेडियो बैतडी ९५.४ मेगाहर्ज द.न.पा. २, देहिमाण्डौं बैतडी