विश्व वातावरण दिवसः बैतडीमा वृक्षारोपण गरेर मनाइयो

बैतडी जेठ २२ ।आज विश्व वातावरण दिवस बैतडीमा पनि मनाईको छ । “नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालिको पुर्नस्थापना” भन्ने नाराका साथ शनिबार विश्वभर मनाइन लागेको वातावरण दिवस बैतडीमा पनि वृक्षा रोपण गरेर मनाइएको हो । कोरोनाका कारण अन्य कार्यक्रम नगरिएको र वनमा वृक्षारोपण गरेर विश्व वातावरण दिवस मनाइएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख केशब पराजुलीले जनाकारी दिनुभयो ।

कार्यलयको खालि जमिनमा दाँते ओखर ,रिठ्ठा, लप्सी, धुपि सल्लाका विरुवा रोपेर विश्व वातावरण दिवस मनाइएको उहाँले बताउनुभयो । संयुक्त राष्ट्रसङ्घले २०२१ देखि २०३०लाई प्राकृति प्रणालि पुर्नस्थापना दशक मनाउन कार्यक्रम ल्याएको जनाउदै उहाँले सो कार्यक्रम विश्व वातावरण दिवसबाटै शुरुभएको बताउनुभयो । बिग्रिएको वनलाई पुनः हराभरा बनाउने , खोलानाला ताल तल्या पुर्नजिवित गर्ने , माटो पानीको गुणस्तरमा ह्रास आएको छ भने मौलिकपनमा फर्काउने राष्ट्रसङ्घको कार्यक्रम रहेको उहाँले बतानउनुभयो ।

पर्यावरणप्रति राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले यो दिवस मनाइन्छ । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि बर्सेनि जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउन थालिएको हो । तर, दिवस मनाउँदै आए पनि विश्वमै वातावरण संरक्षणमा भने चुनौती बढ्दै गएको छ ।

नेपालमा पनि बढ्दो सहरीकरण, प्राकृतिक सम्पदाको दोहन, फोहोरमैलाको दिगो व्यवस्थापन, ढलको निकासीलगायत व्यवस्थित नहुँदा चुनौती बढ्दै गएको छ । समयमै सानो मेहनतबाट व्यवस्थापन हुनसक्ने यी समस्यामा ध्यान नदिँदा अवस्था विकराल बन्दै गएको छ । यस्तै, वन विनाश, खेतीयोग्य जमिनसँगै डाँडाकाँडामा जथाभाबी खडेरी र बाटोका लागि डोजर चल्नुले पनि वातावरण संरक्षणमा चुनौती बढेको छ । सरकारले वातावरण संरक्षण ऐन ल्याए पनि यसको प्रभावकारिता कम हुँदा स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक हक भने पूरा हुन सकेको छैन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.