शुक्रबार बैतडीका ८७ जनाले कोरोना जिते
बैतडी जेठ २१। शुक्रबार बैतडीका ८७ जनाले कोरोना जितेका छन् । शुक्रबार विभिन्न स्थानीयतहका गरि ८७ जनाले कोरोना जितेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । यस्तै थप ९ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार गरिएको परीक्षणमा काेराेना संक्रमण पुष्टि हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिकाका ५ जना, सिगास गाउँपालिकाका २ जना, दशरथचन्द नगरपालिकाका र पुर्चौडी नगरपालिकाका १ ÷१ जना रेहका छन् । शुक्रबार कोरोना बाट ८७ जना स्वस्थ भए संगै अब बैतडीमा कोरोनाका सक्रिय संक्रमितको सङख्या २ सय ९० रहेको छ ।