ओझेलमा देव गुफा

लक्ष्मण विसी , बैतडी जेठ २१ । बैतडी जिल्लाको मेलौली नगरपालिका–१ मा रहेको देव गुफा ओझेलमा परेको छ । प्रचारप्रसार अभावका कारण देव गुफा ओझेलमा परेको हो । देव गुफासम्म पुग्नको लागि सामान्य मोटर बाटो पुगे तापनि प्रर्याप्त रुपमा त्यसको विकास हुन नसकेको स्थानीयवासीले गुनासो गरेका छन् ।

 मेलौली भगवती मन्दिर देखि करीब ४ सय मिटरको दुरीमा रहेको यस गुफाको प्रचारप्रसार र सवद्र्धन गर्न सके पर्यटकीय स्थलको रुपमा चिनिने स्थानीय नरेस सिहँ नायकले बताउनुभयो ।प्राकृति रुपमा रहेको गुफाको संरक्षण र दिगो विकास गर्न सके देव गुफा पर्यटकीय क्षेत्रको रुपमा चिनिने उहाँले बताउनुभयो ।

गुफा सम्म पुग्ने बाटो तथा अन्य केही संरचना निर्माण भए पनि पर्याप्त विकास हुन नसको स्थानीयबासीको भनाइ छ । यो गुफाको बारेमा भने सबै जना अनभिज्ञ रहेका छन् । गुफाको संरक्षण र यसलाई दिगो विकास गर्न सके मेलौली नगरपालिकाको पर्यटकीय क्षेत्रको रुपमा विकास हुने निश्चित छ ।

यसको विकास भए मेलौलीको पनि विकास हुने भन्दै स्थानीयवासीले सरोकारवाला निकायहरुको गुफाको विकास गर्न तर्फ ध्यानकेन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । गुफाको प्रचारप्रसार र विकास गर्न सके पर्यटकीयक्षेत्रको रुपमा विकास हुने र यसले स्थानीय बासिकाे आर्थिक विकासमा टेवा पुग्नेछ । मेलौली नगरपालिका वडा नं १ मा रहेको गुफा संरक्षण र सवद्र्धन गर्नका लागि विशेष योजना ल्याउने तयारी गरेको मेलौली नगरपालिका वडा न १ का वडा अध्यक्ष सुरत सिंह नेगीले बताउनुभयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.