पानीको बाल्टीमा डुबेर बैतडीमा एक बालिकाको मृत्यु
बैतडी–जेठ २१/ पानीको बाल्टीमा डुबेर बैतडीमा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ३ कुलाउका स्थानिय शंकर तिवारीकी १८ महिने छोरी अनुष्का तिवारीको बाल्टीमा डुबेर मृत्यु भएको हो । बिहीबार साझँ उनको मृत्यु भएको स्थानीय नरेश तिवारीले जानकारी दिनु भएको छ ।