आज बैतडीमा २९ कोरोना संक्रमीत थपिए, ५१ जना निको
बैतडी–जेठ २०/ बिहिबार बैतडीका थप २९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बैतडीका अनुसार बिभिन्न स्थानिय तहका २९ जनामा संक्रमण पुष्टि भएको हो । आज कोरोना पुष्टि हुनेमा पाटन नगरपालिकाका १६ जना, मेलौली नगरपालिकाका ६ जना, पुर्चौडी नगरपालिकाका ३ जना, पञ्चेश्वर गाउँपालिकाका २ जना र दशरथचन्द नगरपालिकाका १ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ५१ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ । अब जिल्लामा कोरोना भाईरसका सक्रिय संक्रमित ३ सय ६८ जना रहेका छन् । जसमध्ये १ सय २० जना महिला र २ सय ४८ जना पुरुष रहेका छन् ।