डिलाशैनी ६ को नेँगाउमा पहिलो पटक गाडी पुग्यो, स्थानियले गरे भब्य स्वागत

आशिष माल–बैतडी–जेठ २०/ बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ६ नेँगाउसम्म पहिलो पटक गाडी पुगे पछि स्थानियहरुले भब्य स्वागत गरेका छन् । वडा कार्यालयको पहल र डिलाशैनी गाउँपालिकाको १५ लाख सहयोगमा सडक सञ्जाल बिस्तार भएर नेँगाउसम्म पहिलो पटक गाडी पुगे पछि स्थानियहरुले भब्य स्वागत गरेका हुन् । बिहिबार से १ ज ७२५ नम्बरको बोलेरो जीप  नेँगाउमा अवस्थित निङ्गलाशैनी मन्दिरसम्म पुगेको छ । सोही क्रममा स्थानियहरुले चालकलाई फुलमाला सहित स्वागत गरेका हुन ।

No description available.

गाउँसम्म गाडी चढ्ने आफुहरुको सपना पुरा भए पछि स्थानियहरु हर्षित भएका छन् । “यति छिटै हाम्रो गाउँमा गाडी पुग्ला भन्ने कल्पनासम्म गरेका थिएनौं ।” स्थानिय जय बहादुर मालले भने “ ०७८ सालको जेठ महिना मै गाडी चढेर सदरमुकाम गएर बेलुका घर पर्किने सपना पूरा हुने भयो । उनले थपे “ अब डिलाशैनी गाउँपालिका– ६ का स्थानीय बासिन्दाका दुःखका दिन गए । ” गोकुलेश्वर बजार बाट रासनपानी बोक्न समेत झन्डै २ घन्टाको उकालो बाटो हिँड्नु पर्ने बाध्यता रहेकोमा अब त्यसको अन्त्य भएको अर्का स्थानिय राम सिह मालको भनाई छ ।

No description available.

  निकै चुनौतीका बावजुत नेँगाउसम्म सडक सञ्जाल बिस्तार गरिएको वडाध्यक्ष बल बहादुर मालले बताउनुभयो । सडक सञ्जाल बिस्तार भए पछि अब नागरिकहरुलाई निकै सहज भएको उनको दाबी छ । आफुले निर्बाचनका बेला गरेका बाचा अनुरुप आफुले काम गरीरहेको बताउदै वडाध्यक्ष मालले उक्त ठाउँमा अन्य भौतिक पुर्बाधारको बिकासका लागी पनी आफु प्रतिबद्ध रहेको बताउनुभयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.