जेठ मसान्त भित्र बार्षिक मुल्यांकन गर्न विद्यालयहरुलाई दोगडाकेदार गाउँपालिकाको परिपत्र

बैतडी–जेठ २०/ बैतडीको दोगडाकेदार गाउँपालिकाले गाउँपालिका भित्रका सामुदायीक तथा संस्थागत बिद्यालयहरुलाई जेठ मसान्तसम्म बार्षिक नतिजा प्रकाशन गर्न परिपत्र गरेको छ । कोरोना भाईरस कोभिड १९ का कारण भौतिक रुपमा उपस्थित भएर परीक्षा सञ्चालन गर्न नसकिएको अवस्थामा बिभिन्न बिषयको बार्षिक मुल्यांकन गरी नतिजा प्रकाशन गर्न गाउँपालिकाले बिद्यालयहरुलाई परिपत्र गरेको हो । गाउँ कार्यपालिकाको बिहिबार बसेको बैठकले बिद्यालयहरुलाई कक्षा १ देखि ७ र ९ तथा कक्षा ८ को नजिता प्रकाशनका लागी आग्रह गर्ने निर्णय गरेको गाउँपालिकाका शिक्षा संयोजक सुरेस भट्टले जानकारी दिनुभएको छ । कक्षा १ देखि ७ र कक्षा ९ को नतिजा प्रकाशनका लागी त्रैमासिक र अर्ध बार्षिक परीक्षा वाफतको ६० प्रतिशत मुल्यांकन गरिने र निरन्तर बिद्यार्थी मुल्यांकन तथा आन्तरिक मुल्यांकन वाफत ४० प्रतिशत मुल्यांकन गरिने संयोजक भट्टको भनाई छ । यस्तै कक्षा ८ को नजिता प्रकाशनका लागी पनी शैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मुल्यांकन गर्दा त्रैमासिक र अर्ध बार्षिक परीक्षा वाफतको ६० प्रतिशत मुल्यांकन गरिने र निरन्तर बिद्यार्थी मुल्यांकन तथा आन्तरिक मुल्यांकन वाफत ४० प्रतिशत मुल्यांकन गरिने बताईएको छ । यस्तै कक्षा ८ को शैद्धान्तिक तथा प्रयोगात्मक परीक्षाको प्राप्ताकं जेठ मसान्तसम्म तयार गरी प्रमाणित मार्कलेजर गाउँपालिकामा पेश गर्न गाउँपालिकाले बिद्यालयहरुलाई निर्देशन दिएको छ । यस अघि गाउँपालिकाले परीक्षा मिति तोकेकोमा कोरोनाको संक्रमण फैलिदै गए पछि बैशाख १४ गते सुचना प्रकाशित गर्दै सबै बार्षिक परीक्षाहरु रद्ध भएको जनाएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.