बैतडीको सुर्नयाका युवाहरुले गरे महामारीमा आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन

बैतडी जेठ २० । बैतडीमा पत्तालभुवनेश्वर युवा जागरण मञ्च र नेचुरल अर्गनाइजेसनले कोरोना महामारीमा बिरामी बोक्न गाडीको व्यवस्था गरेको छ । बैतडीकै  उर्जाशिल युवाहरुद्वारा गठित समाजिक संस्था नेचुरल अर्गनाइजेसन र सुर्नया गाउँपालिकाका विकास प्रेमि प्रवासी युवाहरु सम्मेलित पत्तालभुवनेश्वर युवा जागरण मञ्चले संयुक्तरुपमा माहामारी   फैलीएको समयमा बिरामी बोक्न सुर्नया गाउँपालिका भित्र गाडीको व्यवस्था गरेको हो ।

कोरोना माहामारीमा बिरामी नागरिकहरुलाई अस्पताल सम्म पु¥याउन नेचुरल अर्गनाइजेसन र पत्तालभुवनेश्वर युवा जागरण मञ्चले निःशुल्क गाडीको व्यवस्था गरेको अर्गनाइजेसनका अध्यक्ष डीबी विष्टले जानकारी दिनुभयो । कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञामा सवारीसाधनको अभावले बिरामी नागरिकहरुलाई समस्या नहोश भनेर आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गरिएको उहाँले बतानउनुभयो ।

गाउँपालिका भित्रका कोरोना संक्रमित तथा अन्य बिरामीहरुलाई जटील प्रकारको समस्या परिहाले समयमै अस्पताल सम्म लैजान  गाडीको व्यवस्था गरेको पत्तालभुवनेश्वर युवा जागरण मञ्चका उपाध्यक्ष बिनोद विष्टले बताउनुभयो । गाउँपालिका भित्रनै एम्बुेलेन्स नभएकाले आम पालिकाबासीहरुलाई अप्ठाराेमा सहज होश भनेर  महामारी रोकथाम नहुँदा सम्मका लागि बिरामी बोक्न गाडीको व्यवस्था गरेको अर्गनाइजेसनका अध्यक्ष विष्टको भनाई छ ।

सबै युवाहरुको आर्थिक सहयोगबाट अहिले एक महिना सम्मका लागि बिरामी बोक्न गाउँपालिका भित्र बिहीबार देखिनै आकस्मिक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका भन्दै अर्गनाइजेसन अध्यक्ष  विष्टले कोरोना माहामारी नियन्त्रण नभए फेरी समय थप गरिने बताउनुभयो । गाउँपालिकामा एम्बुलेन्स नभएका बेला युवाहरुले आर्थिक सँकलन गरेर निःशुल्क गाडीको व्यवस्था गरेकाले आफुहरुलाई सहज हुने विश्वास गरेको सुर्नया २ का उत्तम विष्टले बताउनुभयो ।

युवाहरुले कोरोना माहामारीको बेला सुर्नया गाउँपालिका भित्र से१ ज ९ सय१७ नम्बरको जीप सञ्चानलमा ल्याएका हुन । कुनै पनि नागरिकरुलाई बिरामी भएर अस्पतालन जान सवारीसाधनको आवश्यकता परे आफहुरुलाई सम्पर्क गर्न आग्रह गरेका छन् ।आर्थिक अभावले अस्पताल जान नसकेर अप्ठारोमा परेका नागरिकहरुले ९८११६६०८०३,९८४८८३६२६७,९८६१८९००८१ ,९८४८८९१४७१जीप चालक ९८४२२५७६२६ मा सम्पर्क गर्न युवाहरूले सबैमा आग्रह गरेका छन् ।गाउँपालिका भित्र निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालनआएकाले बिरामीलाई अस्पताल आउनजान सहज हुने भएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.