बैतडीका एक स्थानियको घरमा चट्टयाङ

बैतडी–जेठ २०/ बैतडीका एक स्थानियको घरमा चट्टयाङ परेको छ । जिल्लाको दशरथचन्द नगरपालिका १ कलौन चमलधारका स्थानिय मदन राम लुहारको घरमा बुधबार साझ ७ बजे तिर चट्टयाङ परेको स्थानिय जग्दीश लुहारले जानकारी दिनुभएको छ । चट्टयाङबाट लुहारले पालेको १ गाई मरेको र बिद्युतको मिटरबक्समा क्षति पुगेको उहाँले बताउनुभएको छ । मानबिय क्षति भने नभएको बताईएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.