लकडाउनमा भर्चुअल माध्यमद्धारा हाजिरी जवाफ र वक्तित्व कला प्रतियोगिता सम्पन्न
बैतडी–जेठ २० / बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ८ स्थित पुष्पाञ्जली सामुदायीक बिकास तथा उत्थान समाजले भर्चुअल माध्यमबाट हाजिरी जवाफ तथा वक्तित्व कला प्रतियोगिता सम्पन्न गरेको छ । नयाँ भेरियन्ट सहितको कोरोना भाईरस कोभिड १९ का कारण बिद्यालय बन्द भएर घरमै बसीरहेका बिद्यार्थीहरुको क्षमता बिकास र कोभिड नियन्त्रणमा सचेतना जगाउने उदेश्यले उक्त संस्थाले भर्चुअल माध्यमबाट वडा स्तरीय हाजिरी जवाफ तथा वक्तित्व कला प्रतियोगिताको आयोजना गरेको हो । “कोभिड १९ ले बालबालिकाको शिक्षा र स्वास्थ्यमा पारेको असर तथा न्युनिकरणका उपाय” शीर्षकमा सम्पन्न वक्तित्व कला प्रतियोगितामा माबि तहका २७ जना बिद्यार्थीहरुको सहभागीता रहेको समाजका अध्यक्ष गणेश पार्कीले जानकारी दिनुभएको छ । प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार बितरण गर्न भने बाकी रहेको छ ।
वक्तित्व कला प्रतियोगितामा शीर्षक सन्र्दभमा उत्कृष्ट प्रस्तृती प्रस्तुत गर्दै प्रकाश पार्की प्रथम भएका छन् । उनले पुरस्कार स्वरुप नगद ५ हजार सहित प्र्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितमा द्धितिय भएका मनोज बिष्टले ३५ सय तथा प्रमाणपत्र र तृतिय स्थान ओगट्न सफल पुष्पा बिष्ट तथा तारा बिष्टले नगद २५ सय तथा प्रमाणपत्र प्राप्त गर्नेभएका छन् ।
यस्तै हाजिरी जवाफ प्रतियोगितामा प्रथम भएका जग्दीश बिष्टले ३५ सय तथा प्रमाणपत्र, द्धितिय भएकी पुष्पा बिष्टले २५ सय तथा प्रमाणपत्र र प्रतियोगितामा तृतिय भएका सागर बिष्टले नगद १५ सय तथा प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । २०७७ सालमा स्थापना भएको पुष्पाञ्जली सामुदायीक बिकास तथा उत्थान समाज बैतडीले शैक्षिक, भौतिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा बिभिन्न कार्यहरु गर्दै आएको छ ।