बुधबार बैतडीका १ सय ८ जनाले कोरोना जिते
बैतडी जेठ १९।बुधबार बैतडीका १ सय ८ जनाले कोरोना जितेका छन् । विभिन्न स्थानीयतहका गरि बुधबार १ सय ८ जनाले कोरोना जितेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । यस्तै थप ७ जनामा कोरोना पुष्टि भएको छ । बुधबार गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा पञ्चेश्वर गाउँपालिकाका ३ जना , पाटन नगरपालिकाका २ जना, शिवनाथ र दशरथचन्द नगरपालिकाका १÷१ जना रहेका छन् । पछिल्लो समय बैतडीमा कोरोना संक्रमण दर घटेको छ भने कोरोनाबाट स्वस्थ हुनेको सुङख्या बढ्दै गएको छ ।
बुधबार १ सय ८ जना कोरोनाका बिरामी निको भएसंगै जिल्लामा सक्रिय कोरोनाका संक्रमित ३ सय ९० जना रहेका छन् । सक्रिय संक्रमित मध्ये सबै भन्दा बढी दशरथचन्द नगरपालिकामा ८० जना रहेका छन् । यस्तै डिलाशैनी गाउँपालिकामा ७१ जना, पाटन नगरपालिकामा ७० जना, मेलौली नगरपालिकामा ३७ जना, दोगडाकेदार गाउँपालिकामा ३० जना ,सुर्नया गाउँपालिकामा २८ जना, शिवनाथ गाउँपालिकामा २५ जना, सिगास गाउँपालिकामा २२ जना, पञ्चेश्वर गाउँपालिकामा १६ जना र पुर्चौडी नगरपालिकामा ६ जना सक्रिय कोरोनाका संक्रमित रहेका छन् । बैतडीमा अन्य ठाउँका ५ जना काेराेनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।