सोमबार बैतडीका २९ जनाले कोरोना जिते
बैतडी जेठ १७। सोमबार बैतडीका २९ जनाले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय बैतडीका अनुसार सोमबार जिल्लाका २९ जनाले कोरोना जितेका हुन्।
यस्तै बैतडीका थप ७ जनामा कोरोना पुष्टि भएको छ । सोमबार गरिएको परीक्षणमा पाटन नगरपालिकाका २ जना, दशरथचन्द नगरपालिका , मेलौली नगरपालिका पुर्चौडी नगरपालिका , शिवनाथ गाउँपालिका र सुर्नया गाउँपालिकाका १÷१ जना गरि थप ७ जनामा कोरोना पुष्टि भएको हो । यो संगै बैतडीमा कोरोनाका सक्रिय सक्रमितको सङख्या ४ सय ९८ पुगेको छ । सबै भन्दा बढी दशरथचन्द नगरपालिकामा १ सय ८२ जना , पाटन ननगरपालिकामा ७२ जना डीलाशैनी गाउँपालिकामा ७१ जना सक्रिय कोरोनाका संक्रमित रहेका छन् ।
यस्तै मेलौली नगरपालिकामा ३७ जना, सुर्नया गाउँपालिकामा र सिगास गाउँपालिकामा २३÷२३ जना , शिवनथा गाउँपालिकामा २४ जना ,दोगडाकेदरा गाउँपालिकामा ३० जना, पुर्चौडी नगरपालिकामा १८ जना र पञ्चेश्वर गाउँपालिकामा १३ जना कोरोना का सक्रिय संक्रमित रहेका छन । अन्य जिल्लाका बैतडीमा ५ जना कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । बैतडीमा कोरोनाका कारण १५ जनाको मृत्यु भइसकेको छ । आइतबार राती दशरथचन्द नगरपालिका वडा नं ४ का ७८ वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो ।