बैतडीमा साढे ३ अर्ब बढी बजेट, सबै भन्दा बढी पाटन नगरपालिकामा

बैतडी जेठ १७।संघीय सरकाबाट बैतडीका स्थानीय तहहरुका लागि साढे ३ अर्ब बढी  बजेट विनियोजन भएको छ । बित्तीय समानीकरण, बिशेष अनुदान र समपूरक अनुदान अन्तर्गत आगामी आर्थिक बर्षका लागि ३ अर्ब ६५ करोड ७ लाख बजेट विनियोजन भएकाे हो । ४ नगरपालिका र ६ गाउँपालिका गरि १० स्थानीय तह रहेको बैतडीमा सबै भन्दा बढी बजेट पाटन नगरपालिकाका लागि विनियोजन भएको छ ।  यस्तै    सबै भन्दा कम बजेट  शिवनाथ गाउँपालिकाका लागि विनियाेजना भएको छ । पाटन नगरपालिकाका लागि ४८ करोड ६१ लाख , पुर्चौंडी नगरपालिकाका लागि ४६ करोड ९८ लाख , दशरथचन्द नगरपालिकाका लागि  ४६ करोड ८३ लाख, मेलौली नगरपालिकाका लागि ३५ करोड ९६ लाख  बजेट विनियोजन भएको छ । यस्तै डिलाशैनी गाउँपालिकाका लागि ३५ करोड ७ लाख,  दोगडाकेदार गाउँपालिकाका लागि ३५ करोड २४ लाख, सुर्नया गाउँपालिकाका लागि ३१ करोड २२ लाख, सिगास गाउँपालिकाका लागि २९ करोड ९३ लाख , पञ्चेश्वर गाउँपालिकाका लागि २७ करोड ९१ लाख,  र शिवनाथ गाउँपालिकाका लागि २७ करोड ३२ लाख बजेट विनियोजन गरेको छ ।May be an image of text

सम्बन्धित

Leave A Reply

Your email address will not be published.