जिल्ला प्रशासन बैतडीले तेस्रोपटक थप्यो निषेधाज्ञा, जेठ ३१ सम्म लम्बियो

बैतडी जेठ १७।जिल्ला प्रशासन बैतडीले निषेधाज्ञा लम्ब्याएको छ । आइतबार प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आदेश जारी गर्दै जेठ १७ गते राती १२ बजे सम्मका लागि जारी निषेधाज्ञा जेठ मसान्त सम्म लम्बिएको बताएका हुन् । बैतडीमा यो तेस्रोपटक निषेधाज्ञा लम्बिएको हो ।

पहिलो चरणको निषेधाज्ञा बैशाख २० गते देखि जेठ २ गते सम्म, दोस्रो पटक २ गते देखि जेठ १७ सम्म र अहिले १७ जेठ देखि जेठ ३१ राति १२ बजे सम्म तेस्रोपट निषेधाज्ञा थप गरिएको हो । कोरोना संक्रमित अहिले पनि बढ्दै गएकाले संक्रमण रोकथामका लागि जेठ ३१ गते सम्म निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

दोस्रोपटक लागुगरिएको निषेधाज्ञाको समयअवधि सोमबार राति १२ जबे सकिदै छ । सोमबार राति देखिनै लागुहुनेगरि तेस्रोपटकको निषेधाज्ञा लागु गरिएको हाे । जिल्ला कोभीड १९ व्यवस्थापन समितिको बैठकले गरेको सिफारिश अनुसार जेठ ३१ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

निषेधाज्ञाको अवधिमा आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको र खाद्य पसल, तरकारी पसलको हकमा बिहान ७ देखि ९ बजे सम्मनै  खोल्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसैगरी निषेधाज्ञाको समयमा खाद्य पदार्थको मूल्य बढाएमा कारवाही हुने  जनाइएकाे छ । आदेशको उल्लंघन गरिएमा कोभीड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही हुने बताइएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.