बैतडीःमहामारिमा नागरिकको जीवन रक्षा गर्न जुटे युवा, बिरामी बोक्न निशुल्क गाडी

एन पी पन्त बैतडी जेठ १६। बैतडीका दुई जना युवकले महामारीमा बिरामी बोक्न निशुल्क गाडिको व्यवस्था गरेका छन् । नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य लोकेन्द्र भण्डारी र राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि सदस्य भुवन जोशीले व्यक्तीगत रुपमा पाटन नगरपालिका भित्र बिरामी अस्पताल सम्म पु¥याउन निशुल्क गाडीको व्यवस्था गरेका हुन् ।

नगरबासीहरुलाई आर्थिक अभावमा अस्पताल जान समस्या नपरोस भनेर सुुदूरपश्चिम प्रदेश ००१ ज१३ ४० नम्वरको ९ सिट क्षमताको बुलेरो जीप सञ्चानल ल्याएका राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि सदस्य भुवन जोशीले जानकारी दिनुभयो ।माहामािरमा नागिरकहरूकाे  जीवन रक्षाका खातिर निशुल्क गाडीकाे  व्यवस्था गरेका उनिहरूकाे  भनाइ  छ ।

कोरोना भाइरस कोभिड १९ संक्रमित तथा अन्य बिरामीहरुलाई घरबाट अस्पताल सम्म पु¥याउन निशुल्क गाडीको व्यवस्था गरिएको नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य लोकेन्द्र भण्डारीले जानकारी दिनुभयो । माहामारिमा नागरिकहरूका लागि निशुल्क गाडिको व्यवस्था गर्ने दुवै जना युवा पाटन नगरपालिकाका हुन् । लोकेन्द्र भण्डारी ९ नं वडाका हुन भने भुवन जोशी वडा नं ६ लोर्खाका हुन् ।

पाटन नगरपालिका क्षेत्रभित्रका कोरोना संक्रमित तथा अन्य बिरामी यातायात अभावको कारणले अकालमै मृत्युवरण नगरुन भन्ने उदेश्यले हामीले बिरामीको घरबाट अस्पताल सम्म पुर्याउने २४ सै घण्टा निशुल्क यातायात सेवा सञ्चालनमा ल्याएका उहाँले बताउनुभयो ।

जेठ १६ गते देखिनै गाडी सञ्चालनमा ल्याइएको बताउँदै राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि सदस्य भुवन जोशीले कुनै नागरिकहरुलाई स्वास्थ्यमा समस्या आए सम्पर्क गर्न आग्रह गरेका छन् । दुवै जनाले फेसबुक मार्फत गाडी सञ्चालनमा ल्याएको जानकारी दिदै स्वास्थ्यमा समस्या आए लोकेन्द्र भण्डारी ९८५१०६६५५१भुवन जोशी ९८५११२३९४५ र चालक ९८६९४४०६०९ नम्बरमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.