जिल्ला खेलकुद विकास समिति अध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण
बैतडी जेठ १६। जिल्ला खेलकुद विकास समिति बैतडीका अध्यक्ष चमनकुमार भण्डारीले पदभार ग्रहण गुर्नभएको छ । अहिले फेरी पुनः अध्यक्षमा चयन भएका जिल्लाको पाटन नगरपालिका वडा नं ६ मैतडडोबरा घरभएका भण्डारीले आइतबार अध्यक्षको पदभार ग्रहण गर्नुभएको हो ।
यसअघि २०७२ सालदेखि २०७४सम्म ४बर्षे कार्यकाल पुरागरिसकेका भण्डारीलाई पुुनः अध्यक्षको अभिभारा मिलेको हो । इहि जेठ ७ गते भण्डारीलाई सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषदको निर्णयले नियुक्त गरेको थियो । सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषदको निर्णय अनुसार अध्यक्षमा नियुक्त भएका अध्यक्षले भण्डारीले कोरोना संक्रमणका कारण औपचारिक कार्यक्रम नगरिकनै आइतबार पदभार ग्रहण गरेको बताउनुभयो ।
जेठ ११ गते सदूरपश्चिम प्रदेशका त्तकालिन समाजिक विकास मन्त्री कृष्ण राज सुवेदीद्धारा सपथ लिएका जिल्ला खेलकुद विकास समिति अध्यक्ष भण्डारीले आइतबार पदभार ग्रहरण गरेका हुन् । आफु फेरीपनि अध्यक्षमा नियुक्त भएसंगै जिल्लामा खेलकूद क्षेत्रको विकास गर्न लागिपर्ने उहाँले प्रण गरेका छन् ।
अहिले कोरोना भाइरसको संक्रमण कायम रहेकाले खेलकुद प्रतियोगीता आयोजना गर्न समस्या भएकाले कोरोना न्यूनीकरण पछि भने प्रतियोगीताहरु निरन्तर सञ्चालन गरिने उहाँको भनाई छ । खेलकुद विकास समिति विगतमा केन्द्र सरकार अन्तरगत रहेकोमा अहिले प्रदेश अन्तरगत रहेको छ ।