आइतबार बैतडीका ९५ जनाले कोरोना जिते, १३ जनामा संक्रमण पुष्टि

बैतडी जेठ १६।बैतडी जिल्लामा पछिल्लो समय कोरोना मुक्त हुनेको सङख्या बढ्दै गएको छ । आइतबार बैतडीका ९५ जनाले कोरोना जितेका छन् ।

विभिन्न स्थानीयतहका ९५ जनाले आइतबार कोरोना जितेका स्वास्थ्य कार्यायल बैतडीले जनाएको छ । यस्तै केहिदिन यता सक्रमण  हुनेको सङख्यामा पनि कमिआएको छ । आइतबार बैतडीका ९५ जना संक्रमण मुक्त भएकोमा १३ जनामा    मात्रै संक्रमण पुष्टि भएको छ ।

आइतबार गरिएको परीक्षणमा मैलौली नगरपालिकाका ५ जना , सुर्नया गाउँपालिकाका ४ जना, दशरथचन्द नगरपालिकाका र दोगडाकेदार गाउँपालिकाका २ ÷२ जना गरि १३ जनामा कोरोना पुष्टिभएको हो । आइतबार ९५ जनाले कोरोना जितेसंगै बैतडीमा अब कोरोनाका सक्रिय संक्रमित ५ सय २१ जना रहेका छन् ।

No description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.