पत्रकारलाई सरकारी अस्पतालमा नि:शुल्क उपचार
१५ जेठ, काठमाडौं । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा नि:शुल्क उपचार दिने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटमा नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।
मन्त्री पौडेलले कोरोनाभाइरस महामारीबाट प्रभावित पत्रकारलाई लेखनवृत्ति सुविधा दिने पनि बताए ।