बैतडीकाे पाटन विमानस्थललाई थप स्तरोन्नती गर्न बजेट विनियोजन

बैतडी -जेठ १५। बैतडीको पाटन विमानस्थललाई थप स्तरोन्नती गरिने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सार्वजनिक गरेको बजेट भाषणमा पाटन विमानस्थललाई थप स्तरोन्नती गर्न बजेट विनियोजन गरेको बताए । यसै बर्षदेखि विमानस्थल सञ्चालनमा आएको भएपनि विमानस्थलको टावर, टर्मिनल भवन निर्माण लगायतका काम बाँकी नै रहेका छन् । यस्तै दार्चुलाको गोकुलेश्वर विमानस्थललाई पनि सञ्चालन ल्याउने अर्थमन्त्री पौडेलले बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.