त्रिपुरासुन्दरी मन्दिरको गुरुयोजना निर्माण गर्न बजेट
बैतडी जेठ १५ । गते बैतडीको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र त्रिपुरासुन्दरी भगवती मन्दिरको गुरुयोजना निर्माण हुने भएको छ ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै त्रिपुरासुन्दरी लगायत देशका महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्रको गुरुयोजना निर्माणका लागि बजेट विनियोजन गरेको बताए ।