बैतडीमा फस्फोराइड खानी उत्खननका लागि बजेट विनियोजन

बैतडी- जेठ १५ । सरकारले बैतडीमा फस्फोराइड खानी उत्खनन्का लागि बजेट विनियोजन गरेको छ । आर्थिक बर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैतडीमा फस्फोराइड खानीको उत्खननका लागि बजेटको व्यवस्था गरेको बताए । जिल्लाको दोगडाकेदार गाउँपालिका र पुर्चौंडी नगरपालिकामा फस्फोराइड खानी रहेको बताइएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.