बैतडीका थप ४२ जनामा कोरोना पुष्टि, १४ निको भए

बैतडी जेठ १५ ।बैतडीका थप ४२ जनामा कोरोना पुष्टि भएको छ । शनिबार गरिएको परीक्षणमा जिल्लाका थप ४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

शनिबार कोरोना संक्रमण पुष्टि हुनेमा जिल्लाको दशरथचन्द नगरपालिकाका १४ जना , पाटन नगरपालिकाका १३ जना , मैलौली नगरपालिकाका ६ , सिगास गाउँपालिकाका ३ जना रहेका छन् । यस्तै सुर्नया गाउँपालिकाका ३ जना , दोगडाकेदार गाउँपालिकाका २ जना र पञ्चेश्वर गाउँपालिकाका १ जना रहेका छन् ।

यस्तै शनिबार बैतडीमा १४ जनाले कोरोना जितेका छन् । विभिन्न स्थानीयतहका १४ जना कोरोना जितेर स्निको भएका हुन् । शनिबार ४२ जनामा कोरोना पुष्टि भएसंगै बैतडीमा कोरोनाका सक्रिय संक्रमितको सङख्या ६ सय ३ पुगेको छ । सबै भन्दा बढी दशरथचन्द नगरपालिकामा १ सय ९३, सिगास गाउँपालिकाका १ सय २ , पाटनमा ७३ जना ,डीलाशैनी गाउँपालिकामा ७१ मैलौली नगरपालिकामा ३२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यस्तै दोगडाकेदार गाउँपालिकामा २८, पञ्चेश्वर गाउँपालिकामा २७ , शिवनाथ गाउँपालिकामा २३ जना र सुर्नयामा ३२ र पुर्चौडी नगरपालिकामा १८ जना कोरोनाका सक्रिया संक्रमित रहेका छन् । यस्तै ५ जना कोरोनाका सक्रिय संक्रमित अन्य जिल्लाका रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

No description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.