भीरबाट लडेर बालकको ज्यान गयो

बैतडी जेठ १४। बैतडीमा भीरबाट लडेर एक बालकको ज्यान गएको छ । जिल्लाको दशरथचन्द नगरपालिका वडा न. ३ बरकुराली कन्सिनाका १३ बर्षीय महेश नाथको भीरबाट लडेर ज्यान गएको हो । महेशको शुक्रबार बिहान करिब १० बजेतिर बटुन्याबाटा भन्ने खरफागलाको भीरबाट लडेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । भीरबाट करीब २ सय मिटर तल खसेका महेशको घटनास्थलमै मृत्यु भएको हो । मृतकका बुवा दाशि नाथको समेत दुइ बर्ष अगाडि पौडा नजिकैको भीरबाट खसेर मृत्यु भएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.