जिल्ला अस्पताल बैतडीलाई अक्सिजन सिलिण्डर हस्तान्तरण
बैतडी जेठ १४ ।शहीद दशरथचन्द स्मृति प्रतिष्ठानले जिल्ला अस्पताल बैतडीलाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । शुक्रबार जिल्ला अस्पताललाई ८ थान नयाँ सिलिण्डर हस्तान्तरण गरिएको प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिनुभयो । दशरथचन्द स्मृति प्रतिष्ठानले अक्सिजन सिलिण्डरका लागि सञ्चानल गरेको अभियान मार्फत संकलित रकमबाट खरिद गरिएका अक्सिजन सिलिण्डर शुक्रबार जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बसन्त राज जोशीलाई हस्तानत्रण गरिएको उहाँले बताउनुभयो । बैतडीमा अक्सिजनको हाहाकार भएपछि अक्सिजन खरिदका लागि दशरथचन्द स्मृति प्रतिष्ठानले अभियान सञ्चालन गरेको थियो । दशरथचन्द स्मृति प्रतिष्ठानलको पहल तथा विभन्न मानकारीको सहयोगमा खरिद गएिका अक्सिजन सिलिण्डरले कोरोना भाईरसका बिरामीहरुको उपचारमा सहज हुने विश्वास गरिएको उहाँले बताउनुभयो । यस्तै प्रष्तिठानले जिल्ला अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर समेत वितरण तयारी गरेको छ । अस्पतालका लागि १० लिटरका ५ थान अक्सिजन कन्सन्ट्रेटर खरीद गरिसकेको र शनिबार अस्पताललाई हस्तान्तरण गरिने प्रतिष्ठानका अध्यक्ष चन्दले जानकारी दिनुभयो । अक्सिजन सहयोग अभियान सञ्चालन जारी राखेको प्रतिष्ठानले अहिले सम्म ९ लाख ६९ हजार रकम संकलन गरिसकेको छ । अभियानमा देश तथा विदेशमा रहेका नेपालीहरुले सहयोग गर्ने क्रम जारी रहेको अभियान्ता महेश भट्टले जानकारी दिए ।