बैतडी जेठ १४।शुक्रबार बैतडीका १ सय १३जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य कार्यालय बैतडीका अनुसार शुक्रबार विभिन्न स्थानीयतहका १ सय१३जना कोरोना जितेर स्वस्थ भएका हुन् । यस्तै शुक्रबार थप ४४ जनामा कोरोना पुष्टि भएको छ । डीलाशैनी गाउँपालिकाका ३२ जना , सुर्नया गाउँपालिकाका ६ जना ,दशरथचन्द नगरपालिकाका ३, पाटन नगरपालिकाका २ जना र दोगडाकेदार गाउँपालिकाका १ जना गरि शुक्रबार ४४ जनामा कोरोना पुष्टि भएको हो । अब जिल्लामा ५ सय ७५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।