सांसद भण्डारीले गरे १० ओटै स्थानीयतहलाइ अक्सिजन सिलिण्डर सहयोग
बैतडी जेठ १४/बैतडीबाट निर्वाचित विघटित प्रतिनिधि सभा सदस्य दामोदर भण्डारीको सहयोगमा जिल्लाका १० ओटै स्थानीयतहमा अक्सिजन सिलिण्डर वितरण गरिएका छन् ।
विघटित प्रतिनिधि सभा सदस्य भण्डारीको आर्थिक सहयोगमा खरिद गरिएका अक्सिजन सिलिण्डर वितरण गरिएका सांसद भण्डारीका स्वकीय सचिब लोकेन्द्र भण्डारीले जानकारी दिनुभयो । कोरोनाका बिरामीहरुकाे उपचारमा सहज होस भनेर सांसद भण्डारीले आर्थिक संकलन गरेर १० ओटै स्थानीयतहमा ५० थान अक्सिजन सिलिण्डर उपलब्ध गराएका उहाँले बताउनुभयो । प्रत्येक स्थानीयतहमा ५÷५ थान अक्सिजन सिलिण्डर वितरण गरिएकाे हाे ।
कोरोना संक्रमण भएर अक्सिजन अभावमा कुनैपनि नागरिकले मृत्युवरण गर्न नपरोस भनेर अक्सिजन सिलिण्डर उपलब्ध गराइएको उहाँको भनाई छ । यस्तै उहाँले प्रत्येक स्थानीयतहमा ५ ÷५ हजार मास्क र आइसोलेस सेन्टरका लागि २० ओटा बेड पनि उपलब्ध गराइएका छन् ।
अक्सिजन अभाव भएका बेला स्थानस्यतहमै अक्सिजन सिलिण्डर उपलब्ध भएपछि अब कोभीडका गम्भीर बिरामीहरुको उपचारमा राहात मिल्ने छ । भण्डारीको पहलमा १० ओटै स्थानीयतहमा निर्माण गरिएका आइसोलेसन सेन्टरमा वितरण गरिएका अक्सिजन सिलिण्डर र अन्य स्वास्थ्य समाग्रीले बिरामीको उपचारमा सहज हुने अपेक्षा गरिएको छ । खरिद गरेर जिल्ला पठाइएका अक्सिजन सिलिण्डर र स्वास्थ्य समाग्री अहिले स्थानीयतहका प्रमुख तथा उपप्रमुखहरूलाइ हस्तान्त्रणा भइरहेकाे छ ।