बैतडीमा बुधबार ६८ जनाले कोरोना जिते
बैतडी- जेठ १२/ बैतडीमा बुधबार ६८ जनाले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय बैतडीका अनुसार बुधबार ६८ जनाले कोरोना जितेका हुन् । यस्तै थप ६८ जनामा कोरोना पुष्टि भएको छ । बुधबार गरिएको परीक्षणमा पाटन नगरपालिकाका २१ जना दशरथचन्द नगरपालिकाका १५ जना शिवनाथ गाउँपालिकाका १३ जना , पञ्चेश्वर र सिगास गाउँपालिकाका ७ ÷७ जना, सुर्नया गाउँपालिकाका ४ जना र डिलाशैनी गाउँपालिकाका १ गरि थप ६८ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो समय बैतडीमा कोरोना संक्रमणबाट निको हुनेको सङख्या बढ्दै गएको छ । मंगलबार पनि जिल्लाका १ सय ७९ जना संक्रमण मुक्त भएका थिए । अहिले बैतडीमा कोरोनाका सक्रिय संक्रमित ७ सय रहेका छन् । ४ सय ३९ पुरुष र २ सय ६१ महिला गरेर ७ सय जना कोरोनाका सक्रिय संक्रमित रहेका हुन् । सबैभन्दा बढी कोरोनाका सक्रिय सक्रमित दनपामा २ सय २७ , पाटन नगरपालिकामा १ सय ४४, सिगास गाउँपालिकामा १ सय ९ , सुर्नया गाउँपालिकामा ५६ जना रहेका छन् । यस्तै डिलाशैनी गाउँपालिकामा ३९ , पञ्चेश्वरमा २६ , मैलोलीमा २५ शिवनथा गाउँपालिकामा २३ र पुर्चौडी नगरपालिकामा २१ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।